दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ३ : ३७


काठमाडौं । दाङ घोराही घर भएका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा निधन भएको छ ।

घोराही उपमहानगरपालिका ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा शनिकार विहान बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।

उपचारका क्रममा मृतको स्वाब परीक्षण गर्दा कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्