धापासीमा छुरा प्रहारबाट एक युवकको हत्या, दुई जना पक्राउ

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : ४२


काठमाडौं । धापासीमा एक युवक माथि छुरा प्रहारगरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

तनहुँ घर भइ काठमाडौंमा मजुदरी गर्दै आएका २५ वर्षीय आशिष मगरको शुक्रबार हत्या भएको थियो ।

हत्या आरोपमा प्रहरीले दिवस अधिकारी र रवि मगरललाई पक्राउ गरेको जनाएको छ।

टोखा नगरपालिका–५ धापासी बस्दै आएका मगरको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरका अनुसार घटनामा संलग्न अन्य दुई जना फरार छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्