रोनाल्डो कोरोना संक्रमणमुक्त

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : ११


काठमाडौं । पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

रोनाल्डो १८ दिनपछि संक्रमण मुक्त भएका हुन् । अक्टोबर १३ मा संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेशनमा गएका थिए ।

उनले यो अवधिमा सिरी ए का दुई तथा इटालियन च्याम्पियनका दुई युरोपियन खेल गुमाए ।

रोनाल्डोले पछिल्लो पटक अक्टोबर ११ मा नेशन्स लिगमा पोर्चुगलबाट फ्रान्स विरुद्ध खेलेका थिए।


प्रतिक्रिया दिनुहोस्