तिमीलाई देखेर हिमाल हाँसेको… (फोटोफिचर)

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : २९


काठमाडौं । मनसुनी प्रभाव कम हुँदै गएपछि अहिले नेपालको मौसम सफा हुँदै गएको छ । मौसम खुल्दा बिहानीपख संघीय राजधानी काठमाडौंबाटै हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

कोरोना कहरका कारण थिलथिलो परेको पर्यटन क्षेत्रमा थोरै भएपनि आन्तरिक पर्यटकहरु घुम्न निस्किएपछि नयाँ ‘रक्तसञ्चार’ भएको छ ।

दशैंको टीका सकिएपछि घुम्न निस्किएका धेरै पर्यटकहरुले अहिले ‘हिमाल हाँसेका’ तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरिएका छन् ।

गायक राजु लामाको एल्बम ‘मंगोलियन हार्ट’मा समावेश गीत ‘तिमीलाई देखेर हिमाल हाँसेको….’ भनेजस्तै मौसम खुल्दा हिमालहरु हाँसिरहेका छन् ।

काठमाडौं उपत्यका, पोखरा, काभ्रे लगायत स्थानबाट देखिएको हिमालका दृश्यहरु यो ‘फोटो फिचर’मा समावेश गरिएको छ । हेरौं हिमाल हाँसेका केही तस्वीरहरु,

मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङखला सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमाल आदि हिमाल देख्न सकिन्छ । तस्बिर : रोशन सापकोटा/रासस

 मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको स्वयम्भू स्तुपा एवं हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङखला सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमाल आदि हिमाल देख्न सकिन्छ । तस्बिर : रोशन सापकोटा/रासस
 मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङखला सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमाल आदि हिमाल देख्न सकिन्छ । तस्बिर ः रोशन सापकोटा/रासस
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट हिमाल हेर्दै आन्तरिक पर्यटक । मानहुँकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यको रुपमा विकास भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

काभ्रेको धुुलीखेलबाट देखिएको रमणीय हिम शृखला । जाडोयामसँगै मौसम सफा भएपछि हिमाल मुस्कुराउन थालेको देख्न सकिन्छ । तस्बिर– प्रदीपराज वन्त/रासस

 पोखराबाट शुक्रबार बिहान देखिएको अन्नपूर्ण हिम श्रृङखलाको सुन्दर दृश्य । तस्वीर– कृष्ण दवाडी/रासस
 पोखराबाट शुक्रबार बिहान देखिएको अन्नपूर्ण हिम श्रृङखलाको सुन्दर दृश्य । तस्वीर–कृष्ण दवाडी/रासस
 भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले बजार सो स्थानबाट देखिएको हिम श्रृङखलाको दृश्य । पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकामबाट ८ किलोमिटरको दूरीमा रहेको छ । तस्बिर– युवराज विष्ट/रासस
 काभ्रेको धुुलीखेलबाट देखिएको रमणीय हिम शृखला । जाडोयामसँगै मौसम सफा भएपछि हिमाल मुस्कुराउन थालेको देख्न सकिन्छ । तस्बिर– प्रदीपराज वन्त/रासस
कास्कीको पोखरा तथा आसपासबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर सौजन्य– स्रीधर पौडेल
कास्कीको पोखरा तथा आसपासबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर सौजन्य– स्रीधर पौडेल
कास्कीको पोखरा तथा आसपासबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर सौजन्य– स्रीधर पौडेल
कास्कीको पोखरा तथा आसपासबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर सौजन्य– स्रीधर पौडेल


प्रतिक्रिया दिनुहोस्