महरा पत्नी सीताको स्वास्थ्यमा समस्या, दाङबाट हेलिकोप्टरमा काठमाडौं ल्याइयो

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ८ : १४


काठमाडौ‌ । पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ ।

हेलिकोप्टरमार्फत उनलाई आज दाङबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएसँगै उनलाई थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक श्रोतले जानकारी दियो ।

ब्लड प्रेसरको पुरानै विरामी महरालाई केही दिन यता अक्सिजनको लेभल निक्कै कम भएका कारण श्वासप्रस्वासमा समस्या भएको थियो । रोल्पामा रहेका महरा परिवार सीताको स्वास्थ्य समस्याकै कारण दाङ झरेको थियो ।

दाङमा स्थानीय अस्पतालमा उपचार गरेपनि सुधार नभएपछि दाङबाट हेलिकोप्टरमार्फत् सीतालाई आज बिहान ९ बजे काठमाडौं ल्याईएको हो ।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।

कोरोना संक्रमणको परीक्षण नगरिकन थप उपचार नगर्ने भएकाले अहिले पूर्व सभामुख पत्नी सीतालाई आईसियुमा राखिएको छ ।

कोरोना परिक्षणको रिपोर्ट आएपछि उनको थप उपचार गर्ने तयारी भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्