रियालिटी शो ‘तारे जमिन पर’ प्रमोशनको लागि ऋतिकले फिस नलिने

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : ०४


काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले एक रियालिटी शो को प्रमोसनको फिस लिएका छैनन् ।

योसँगै सामाजिक सञ्जालमा ऋतिकको निकै चर्चा भएको छ । नोभेम्बर २ बाट सुरु हुने शो ‘तारे जमिन पर’ स्टार प्लसमा आउने भएको छ ।

यस शो को मूख्य उदेश्य भनेको गरिब बच्चाहरुको आवाज जसको बस्तीमा मौकाको कुनै अवसर पुगेको छैन त्यसको ठाउँका बच्चाहरुको प्रतिभा बाहिर ल्याउनु हो ।

हालसालै उक्त शो को एक प्रोमो सार्वजनिक भएको छ । जसमा ऋतिक आफ्नो बाल्यकालको कविता सुनाइ रहेका छन् ।

उनले उक्त प्रोमो कोरोना भाइरस महामारीको कारण घरमै सुट गरेका हुन् ।

यो एक यस्तो रियालिटी शो हो जसमा शोको अन्तयसम्म २० जना प्रतियोगीले आफ्नो प्रतिमा देखाउन पाउँनेछन् ।

जसमा कुनै एलिमिनेशन प्रक्रिया हुने छैन । शो मा शंकर ममादेव, टोनी कक्कर र जोनिता गान्धीले प्रतियोगीको अनुभवलाई पहिचान गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्