युरोपा लिग फुटबलः जोसे मोरिन्होको टिम पराजित

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  २ : २०


काठमाडौं । जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ ।

समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम अवे मैदानमा बिहीबार राति भएको खेलमा भने पराजित भयो ।

रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए ।

डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै गोल गरेको थियो ।

टोटनह्यामबाट २०० औँ खेलमा सहभागी भएका बेनलाई सहजै छक्याएर डिएमरिक एमबोकानीले दिएको पासलाई लिओर रेफाएलोभले गोलमा परिणत गरेका हुन् ।

लगातार दुई खेलमा जित निकालेको रोयल ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्