फ्रान्सको चर्चमा अन्धाधुन्ध चुक्कु प्रहार, तीन जनाको मृत्यु

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  २ : १०


काठमाडौं । फ्रान्सको निस शहर स्थित चर्चमा आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार तथा धारिलो हतियारले आक्रमण गर्दा तीनजनाको ज्यान गएको छ ।

दुई महिला र एक पुरुषको निधन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणकारी केही दिनअघि मात्रै ट्यूनिसियाबाट आएको स्थानीय अधिकारीले बताएका छन् ।

२१ वर्षका ती आक्रमणकारी प्रहरीको गोली लागेर गम्भीर अवस्थामा अस्पतालमा छन् ।

आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजात रहेको जनाइएको छ ।

आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएका थिए ।


प्रतिक्रिया दिनुहोस्