प्रहरीको नजरमा परेसँगै भिटेनले प्राइभेट बनाए युट्युब टेन्ड्रिङको पहिलो नम्बर भिडियो

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ४९


काठमाडौं । युवा पुस्ताले रुचाएको र्यापर भिटेन अर्थात समिर घिसिङको नयाँ गीत ‘पारा’ रिलिज भएको एक हप्ता भएको छ ।

बिहिबार दिउँसोसम्म उक्त गीत युट्युबको टेन्ड्रिङ पहिलो नम्बरमा थियो ।

सार्वजनिक भएको र्यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको गीतको भिडियोलाई प्राइभेट गरेका छन् ।

एक बर्ष अघि आपत्ति हुने खाल्का भिडियो तथा गीत ननिकाल्ने बाचाका साथ प्रहरीले छोडेको थियो ।


प्रतिक्रिया दिनुहोस्