मेस्सी र रोनाल्डोलाई लिएर क्बलहरुबीच झगडा !

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १० : ४७


लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो विश्वका उत्कृष्ट फुटबलर हुन् भन्नेमा दुईमत छैन । तर सबैभन्दा उत्कृष्ट को हो भन्नेमा भने विवाद देखिएको छ ।

दुबै खेलाडीका फ्यानहरुले आ आफ्नो दलिल पेश गेर्ने गरेका छन् । केहीले मेस्सी बाहेक अरुको नाम सुन्न चाहँदैनन् भने केहीले रोनाल्डो नै सर्वोत्कृष्ट भएको दाबी गर्छन् ।

यसबीचमा मेस्सी आवद्ध बार्सिलोना र रोनाल्डो आवद्ध युभेन्टस क्लबबीच पनि मेस्सी र रोनाल्डो को उत्कृष्ट भन्ने विषयमा विवाद भएको छ।

बुधबार राति च्याम्पियन्स लिगमा बार्सिलोनाले युभेन्टसलाई २–० ले पराजित गरेसँगै बार्सिलोनाले आफ्नो ट्वीटर ह्यान्डलमा मेस्सीको फोटो पोस्ट गर्दै लेखेको थियो,‘हामी खुशी छौं कि तपाइँले आफ्नै मैदानमा सबै समयका महान खेलाडी देख्न पाउनुभयो।’

कोरोना संक्रमण भएका कारण रोनाल्डो हिजोको खेलमा उपस्थित थिएनन्। कोरोना संक्रमणबाट मुक्त भए अब अर्को खेलमा भने रोनाल्डो उपस्थित हुने अपेक्षा गरिएको छ। अर्को खेल बार्साको घरेलु मैदानमा हुनेछ।

बार्सिलोनाले मेस्सीलाई महान खेलाडी देख्न पाउनुभयो भन्दै ट्वीट गरेपछि युभेन्टसले पनि उक्त ट्वीटलाई रिट्वीटगर्दै भनेको छ,‘तपाइँले सायद गलत शब्दकोष पल्टाउनुभयो। हामी साँच्चैको सबै समयको महान खेलाडी क्याम्प नाउँमा ल्याएर तपाइँलाई देखाउनेछौं।’

रोनाल्डो र मेस्सीले विश्वकपबाहेक फुटबलमा पाउनुपर्ने सबै उपाधि हात पारिसकेका छन्। मेस्सी किर्तिमानी ६ पटकका बालुक डि’ ओर विजेता हुन्भने रोनाल्डो पाँचपटकका बालुन डि’ ओर विजेता हुन्।

 


प्रतिक्रिया दिनुहोस्