धुलिखेलका मेयर ब्याञ्जुले जिते कोरोना

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ९ : २७


काभ्रे । नेपाल नगरपालिका सघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु कोरोना संक्रमण मुक्त भएका छन् ।

असोज २७ गते मेयर ब्याञ्जु र उनकी पत्नी मञ्जुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणपछि घरमै आइसोलेसनमा बसेका ब्याञ्जु दम्पत्ति कात्तिक १२ मा गरिएको परीणका क्रममा कोरोना मुक्त भएका हुन् ।

‘असोज २७ गते कोरोना हामी लाई कोरोना पोजिटिभ देखिएको थियो । २०७७ कार्तिक १२ गते म र मेरो श्रीमती मन्जु समेतको हिजो पिसिआर थप परिक्षण गर्दा कोरोना नभएको पुष्टि भयो’, मेयर ब्याञ्जुले भने ।

आफूहरुको स्वास्थलाइ चासो राखेर सद्भाव प्रकट गर्ने सबैमा उनले धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा मेयर ब्याञ्जुले लेखेका छन्, ‘हाम्रो स्वास्थलाइ चासो राखेर सद्भाव प्रकट गरिरहनु भएका सबै शुभ चिन्तन मित्रजनमा आभारी छु । असोज २७ गते कोरोना हामी लाई कोरोना पोजिटिभ देखिएको थियो । २०७७ कार्तिक १२ गते म र मेरो श्रीमती मन्जु ब्यान्जु समेतको हिजो पिसिआर थप परिक्षण गर्दा कोरोना नभएको सबैमा जनकारी गराउद छु । आदरणीय धुलिखेल नगरपालिका बासीहरु, जिल्ला, देश र अन्तरास्ट्रिय मित्रहरुको, देश तथा आइनगिओ र नेपाल सरकार प्रदेश सरकार अनि बिदेशका दुइसय भन्दा बढि मेयरहरुको ईमेल, पत्र, मसेज, फोन, र विभिन्न सामाजिक सन्जाल मार्फत ३५ हजार भन्दा बढी आत्मिय मित्रहरुको सद्भाव पाएर निको हुन पाउँदा अत्यन्त हामी दुई जना खुसी छौ । सबै सहयोगि स्वास्थकर्मी र मित्रजनमा सम्मान गर्दछु ।’

 


प्रतिक्रिया दिनुहोस्