कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ७ : ४५


काठमाडौं । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २१ गते (शुक्रबार)देखि शुरु हुने भएको छ ।

यसअघि गत असोज १९ गते (सोमबार)देखि शुरु हुने भनिएको केन्द्रीय समिति बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित भएको थियो ।

पछि असोज २५ गतेदेखि शुरु हुने भनिएको बैठक पनि अनिश्चित समयका लागि स्थगित भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अब कात्तिक २१ गतेदेखि बैठक शुरु हुने जानकारी दिएका छन् ।

केन्द्रीय समिति बैठकमा पार्टीको आगामी (१४ औं) महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्