आफ्नै लापरबाहीले हामी दम्पती कोरोना संक्रमित भयौँः रवी लामिछाने

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ४ : १५


सञ्चारकर्मी रवी लामिछानेका पतिपत्नी दुबैलाई कोरोना संक्रमण भएको छ।

लामिछानेले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता पौडेल दुबैलाई संक्रमण भएको जानकारी दिएका छन्।

उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भएको हुन सक्ने बताएका छन्।

मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पिसिआर गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ,’ ट्विटरमा उनले लेखेका छन्, ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौं, धेरै समस्या छैन तर घरमा बृद्ध अवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं।’


प्रतिक्रिया दिनुहोस्