यी राशि भएका युवतीसँग विवाह गर्दा घरलाई बनाउँछन् स्वर्ग

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  २ : ११


ज्योतिष विज्ञानमा ग्रह नक्षत्र अनुसार व्यक्तिको स्वभाव, आनीबानी र भाग्यको मूल्याङ्कन गरिन्छ । ज्योतिष विज्ञान हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कुराहरुमा सत्यता रहेको विश्वास गरिन्छ ।

मानिसका फरक–फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्छ । ज्योतिष शास्त्रका अनुसार यहाँ उल्लेख गरिएका राशि हुने युवतीहरू कुनै पनि युवक का लागि धेरै राम्रा र सफल जीवन साथी बन्न सक्छन् ।

वृष राशी : वृष राशि हुने युवतीहरु धेरै नै समझदार हुन्छन् । आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन् ।

अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा जवन साथी माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन् । शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन् । निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन् ।

कन्या राशि : कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन । कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन् । कलह देखि पनि कन्या राशि हुनेहरु टाढा रहन रुचाउँछन् । जसकारण जीवनसाथीका रुपमा कन्या राशि हुने युवतीहरु उदाहरण नै बन्न सक्छन् । परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ । आर्थिक मामिलामा पनि कन्या राशि हुने युवतीहरु बुद्धिमानी मानिन्छन् ।

मीन राशि : मीन राशि हुने कन्या पनि उत्कृष्ट मानिन्छन् । उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन् । आफूलाई भन्दा जीवनसाथी लाई माया गर्छन् । परिवारमा आइपर्ने दुख माथि विशेष निगरानी राख्ने गर्छन् । दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन् । यति मात्र नभई अप्ठ्यारो परिरिस्थतिमा पनि उचित कदम चाल्न सक्ने क्षमता समेत यो राशि भएका कन्यामा हुने गर्छ ।


स्पष्टीकरण– यो आलेखमार्फत ज्योतिष विज्ञानअनुसार राशिका सम्बन्धमा उल्लेख विषय मात्रै प्रकाशमा ल्याउन खोजिएको हो । यो आलेखको उद्देश्य लैङ्गिक वितृष्णा (घृणा) फैलाउनै खोज्नु कदापि हैन


प्रतिक्रिया दिनुहोस्