मानिसहरुले किन लगाउँछन् बहुमूल्य रत्न हिरा ? यस्ता छन् फाइदा

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १ : ३४


शरीरमा बहुमूल्य रत्न हिरा धारण गरेका व्यक्ति देख्यो भने आम मानिसले के सोच्छन् होला । तपाईं–हामीले पनि शरीरमा हिरा लगाएको व्यक्ति देख्यो भने के सोच्छौं ?

हामीमध्येको धेरैले सोच्छौं कि धेरै धनी भएकाले यो मानिसले हिरा लगाएको (धारण) गरेको होला । तर, धेरै कमले मात्रै सोच्छन् होला– शरीरमा हिरा धारण गर्दा पनि धनी भइन्छ भने ।

शुक्रग्रहलाई प्रतिनिधित्व गर्ने बहुमूल्यवान् रत्न हीरा हो । यो पारदर्शी र शितलता प्रदान गर्ने खनिज रत्न हो ।

वृष, तुला, कन्या, मकर र कुम्भ लग्न र वृष एवं तथा तुला राशिका जाताकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । यसको प्रयोगले पारिवारिक सुख, सन्तान सुख प्राप्ति आदिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।

वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार हीरामा विशुद्ध क्रिस्टलाईज कार्वन हुन्छ यो एउटा कोईलाको जाति हो । कुण्डलीमा शुक्रग्रह जनित दुश्प्रभाव भएमा हीरा धारण गरी शुभ फल प्राप्त गर्न सकिन्छ ।

हीराको रंग सेतो, रातो, पहेंलो, हरियो, निलो, कालोआदि धेरै प्रकारको हुनेकुरा पौराणिक कथाहरूमा पाईन्छ । हीराको उपरत्न जिर्कन हो ।

हीरालाई शुक्रवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा समेत निकै सहयोगी हुने विश्वास गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्