सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  २ : ५०


काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैगारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मुख्यसचिव वैरागीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

आफूलाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको उल्लेख गर्दै मुख्यसचिव वैरागीले विगत केहीदिन देखि आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मुख्य सचिव मन्त्रिपरिषदको बैठकमा समेत सहभागी हुन्छन् । यस्तै, प्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा मन्त्रालयका सचिव लगायतसँग प्रत्यक्ष संलग्न भएर पनि मुख्य सचिवले काम गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्