मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : ३२


काठमाडौै । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए ।

मधुमेह र दमको बिरामी खनाल घरमै उपचाररत थिए ।

 


प्रतिक्रिया दिनुहोस्