दशैं मनाउन घर पुगेका बागमती प्रदेशका प्रमुखलाई कोरोना संक्रमण

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ५ : ४७


काठमाडौं । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

प्रसाईले मङ्गलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए ।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ


प्रतिक्रिया दिनुहोस्