कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेलमाथि ५ करोड ठगीको आरोप

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ४ : २२


काठमाडौं । कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेल डिसूजामाथि फिल्ममा लगानी गर्ने भन्दै ठगि गरेको आरोप लागेको छ ।

रेमोमाथि लागेको आरोपमा उनले फिल्मको नाममा सतेन्द्र त्यागीसँग ५ करोड रुपैयाँ लिएका थिए । काम पुरा भएपछि पैसा फिर्ता गर्ने सर्त भएको थियो ।

तर फिल्मको काम पूरा भएपछि पनि उनीहरुले पैसा नफर्काएको आरोप सतेन्द्रले लगाएका छन् । सतेन्द्रले अदातलसँग अनुमति लिएर रेमोबिरुद्ध मुद्दा दर्ता गराएका थिए ।

रेमोले सन् २०१३ मा ‘अमर मस्ट डाई’ बनाएका थिए । आरोप अनुसार यही फिलमको लागि सतेन्द्रले पैसा दिएका थिए ।

उनले दिएको ५ लाखबाट फिल्म बनेपछि १० लाख दिने सर्त भएको थियो तर रेमोले उक्त सर्त पुरा नगरेको सतेन्द्रको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्