इरानमा एकै दिन ३ सय ४६ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १ : ०६


काठमाडौं । इरानमा पछिल्लाे समय कोरोना संक्रमित बढ्दै गएका छन् ।

पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ ।

इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३ सय ४६ जनाको ज्यान गएको छ ।

यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २ सय ९९ पुगेको छ ।

अरब देशमध्ये इरानमा सबैभन्दा ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सिमा सादात लारीले नयाँ कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ६८ रहेको पनि जानकारी दिए ।

उनले यो सहित इरानमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ८ सय २४ पुगेको बताए ।


प्रतिक्रिया दिनुहोस्