कोरोना संक्रमित मेयरलाई उपचारका लागि भारत लगियो

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ३ : ३८


मेचीनगर । कोरोना भाइरसको संक्रमण देखिएका झापाको मेचीनगर नगरपालिकाका प्रमुख (मेयर) विमल आचार्यलाई थप उपचारका लागि भारत लगिएको छ  ।

मेयर आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।

मधुमेहका बिरामी उनको स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्