मोबाइल ह्याक भएको कसरी थाहा पाउने र कसरी बच्ने ?

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


अहिले धेरै जनाको हातमा स्मार्ट फोन हुन्छ । पूर्ण प्रयोग र सुरक्षाबारे धेरै ज्ञान नभएपनि अहिलेको युगमा धेरैजनाले स्मार्ट फोन प्रयोग गर्न रुचाउँछन् ।

सूचना प्रविधिको विकासका आधारमा स्मार्ट फोनको प्रयोग ‘राम्रो’ पनि मान्न सकिन्छ । तर, साइबर सुरक्षाको बढ्दो चुनौतीका बीच कतै तपाईंको स्मार्ट फोन त ह्याक भइसकेको त छैन ? ह्याकरहरुले स्मार्ट फोन ह्याक गरेर तपाईंका गोप्य सूचनाहरु लिक त गरिरहेका छैनन् ?

यो आलेखमा केही त्यस्ता टिप्स उल्लेख गरिएका छन्, जसको मद्दतबाट तपाईंले आफ्नो फोन ह्याक भए नभएको पत्ता लगाउन सक्नुहुन्छ,

मोबाइलको गति– यदि तपाईको फोन अत्यन्तै कम स्पीडमा चलिरहेको छ भने त्यो कुनै भाइरसको आक्रमण वा मालिसियस (मालवेयर) प्रोग्रामका कारणले त्यस्तो भएको हुन सक्छ ।

मालिसियस यस्तो प्रोगाम हो, जसले फोनको पर्फमेन्स र प्रयोगकर्ताहरुलाई प्रत्यक्ष रुपमा नोक्सान पुर्याउने गर्दछ । जसले तपाईको फोन ह्याक हुने खतरा बढी हुन्छ ।

मोबाइल धेरै तात्नु– यदि तपाईको फोन धेरै नै तातिरहेको छ भने फोनमा कुनै मालवेयर एप्लिकेशन ब्याकग्राउण्ड चलिरहेको हुनसक्ने अमेरिकी इंल टेक्नोलोजीका विशेषज्ञले बताएका छन् । यसले तपाईको फोन ह्याकरको निशानामा परेको संकेत गर्दछ ।

पहिचान नै नहुने म्यासेज– कुनै समयमा तपाईको फोन ह्याक भएको खबर पहिले नै थाहा हुन्छ । कयौँ पटक तपाईको फोनमा म्यासेज आफेसआफ आउने गर्दछ वा तपाईंको फोनबाट पनि आफै जाने गर्दछ । यस्तोमा फोन ह्याक भएको बुझ्दा हुन्छ ।

नयाँ विन्डो– कयौँ पटक आपसेआप तपाईको मोबाइलमा विज्ञापनको रूपमा आउने जानकारीलाई क्लिक गर्दा नयाँ ट्याव (विन्डो) खुलेमा त्यहाँ पनि मोबाइल ह्याकको खतरा बढी हुन्छ ।

ब्याकग्राउण्डको आवाज– इन्टरनेटमा काम गरिरहेको बेलामा कयौँ पटक अनौठो खालको आवाज पनि आउने गर्दछ वा वेब पेजमा असामान्य र नराम्रा कुराहरु पनि देखिने गर्दछन् ।

यस्तो अवस्थामा पनि मोबाइल ह्याक हुन सक्ने भएकाले सावधानी अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्