हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार, शिशु बचाउन नसकिए पनि आमाको स्वास्थ्यमा सुधार

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १२ : ४९


बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो ।

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएपछि केन्द्र पुर्‍याइए पनि अवस्थामा सुधार नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चूडामणि कँडेलले जानकारी दिए ।

शिशु बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको बताइएको छ । पुष्पा र उनका श्रीमान् इमानसिंह दुवै शिक्षक हुन् ।


प्रतिक्रिया दिनुहोस्