दशै मनाउन आएका व्यक्तिमा कोरोना पुष्टि, पाँच दिनलाई वडा सिल

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १० : ५७


बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले पाँच दिनलाई वडा क्षेत्र सिल गरेको छ ।

दशै मनाउने गाउँ आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायस्तरमा कोरोना फैलिन सक्ने अनुमान गर्दै संक्रमण रोकथाम गर्न मंगलबार साँझ ७ बजेदेखि कात्र्तिक १५ गते राती १२ बजेसम्म लागु हुने गरी वडा क्षेत्र सिल गरेको हो ।

वडा भित्र अत्यावश्यक अवस्थमा बिरामी बोक्ने गाडी, निर्माण सामाग्री, खाद्यान्न र दूधको गाडी वडा कार्यालयसँग समन्वय गरी चलाउने र अन्य सवारी साधन, मोटरसाईकल समेत चलाउने पाईने छैन ।

वडाध्यक्ष यामबहादुर श्रीसका अनुसार वडाभित्र पाँच जनाभन्दा बढी जमघट भई भेला हुन नपाउने र अनावश्यक रुपमा आवतजावत गर्न पनि निषेध गरिएको छ ।

संक्रमितको सम्पर्कम आएका व्यक्ति र समुदायस्तरमा संक्रमण फैलिन सक्ने हुँदा वडावासी नागरिकलाई घरमै सुरक्षित रुपमा बस्न वडाध्यक्ष श्रीसले आग्रह गरेका छन् ।

समुदायस्तरमा भाइरस संक्रमण फैलिन नदिन यस कोभिड–१९ रोकथाम तथा प्रतिकार्य समन्वय समितिको निर्णय अनुसार वडा क्षेत्रलाई सिल गरिएको थियो ।

दशै मनाउने भारत तथा राजधानी हुँदै आएका व्यक्तिलाई कोरोना देखिएको थियो । वडा कार्यालयको समन्वय विना घरमा आएर बस्ने र परिवार तथा छिमेकमा घुलमिल हुँदा गाउँ गाउँमा कोरोनाको त्रास बढेको वडाध्यक्ष श्रीसको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्