राष्ट्रपति भण्डारीले परिवारसँग यसरी मनाइन् दशै‌

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : १०


हिन्दू नेपालीहरुले हिजो दशैंको टिका ग्रहण गरेका छन् । मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्न नभ्याएकाहरुले आज पनि टिका र जमरा ग्रहण गरिरहे्का छन् ।

कोरोना महामारीका कारण यसपटक अधिकांशले घर मै सिमित रहेका दशैं मर्नाका छन् ।

प्रधानमन्त्री राष्ट्रपति लगायतले पनि यसवर्ष पारिवारिक रुपमा टिका लगाएका छन् ।

गत वर्ष झै यसवर्ष प्रधानमन्त्री राष्ट्रपति पूर्व राजा लगायतले सर्वसाधारणलाई टिका लगाइर्दिनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातवाटा टिका ग्रहण गरेका थिए भने राष्ट्रपति भण्डारीले परिवारका सदस्यहरुसँग टिका लगाएर दशैं मनाएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन सोमबार टीका र जमरा लगाउँदै परिवारसँग दशैं मनाएको तस्बिर राष्ट्रपति कार्यालयले मंगलबार बिहान सार्वजनिक गरेको छ।

राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डलमार्फत त्यस्ता २ तस्बिर सार्वजनिक गरिएका हुन्।

तस्बिरका साथ ट्विटरमा लेखिएको छ– ‘सम्माननीय राष्ट्रपतिज्यूको पारिवारिक दशैंका थप दुई तस्बिरहरू। दुवै तस्बिर कार्तिक १० गते विजयादशमीका दिनसँग सम्बन्धित छन्।’

सोमबार राष्ट्रपति भण्डारीले आमाको हातबाट दसैंको टीका लगाइन् भने उनले चाहिँ आफ्ना दुई छोरी–ज्वाइँ र उनीहरूका एक एक छोरीलाई टीका र जमरा लगाइदिएकी हुन्।


प्रतिक्रिया दिनुहोस्