काठमाडौंमा अलपत्र परेका सर्वसाधारणलाई खुलामञ्चमा लगाइएको दशैंको टीका

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ११ : ३१


काठमाडौं । कोरोना भाइरसको प्रभावका कारण रोजीरोटी गुमाएर अलपत्र परेका सर्वसाधारणलाई काठमाडौंको खुलामञ्चमा दशैंको टीका लगाइएको छ ।

कोरोनाका कारण रोजीरोटी गुमाएर दशैंमा जन्मघर जान नपाएर काठमाडौंमै अलपत्र परेकाहरुलाई विभिन्न दाताहरुको सहयोगमा काठमाडौंको खुलामञ्चमा टीका लगाइएको हो ।

कोरोना नियन्त्रणका लागि भनेर जारी गरिएको लकडाउन, निषेधाज्ञा लगायतका प्रतिवन्धका बेला सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपाल लगायतले सोमबार खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाएको हो ।

टीका लगाएपछि आपतमा परेकाहरुलाई दक्षिण स्वरुप केही नगद पनि प्रदान गरिएको जनाइएको छ ।

हाम्रो टिम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंका अवसरमा सबैमा उत्साह ल्याउने उद्देश्यका साथ खुलामञ्चमा टीका लगाउने व्यवस्था गरिएको बताए ।

 


प्रतिक्रिया दिनुहोस्