तस्वीरमा हेर्नुस् यस वर्ष कलाकारको दशैं

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ११ : १५


कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्षको दशैं घरघरमै सिमित हुन पुग्यो ।

अधिकांशले घर घरमा मान्यजनबाट टीका जमारा ग्रहरण गरे भने आशिर्वाद लिए ।

यसक्रममा कलाकारहरुले पनि दशैं घर घरमा नै सिमित गरेका छन् ।

कलाकार एवं निर्माता दीपकराज गिरीले यसपालि परिवारका पाँच सदस्यसँग दसैं मनाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्,’आशीर्वाद २०७७ १ ४० जनाको परिवार यो पल्ट परिस्थितिले ५ जनाको बनायो । संख्या कम भयो होला आशीर्वाद कम भएन ।’

त्यस्तै भुवन केसीले पनि घरमै टीका टालाको तस्वीर राखेका छन् ।  छोरा अनमोल केसीलाई टिका लगाइदिएको तस्बिर राख्दै भुवन केसीले लेखेका छन्,’मेरो सम्पूर्ण परिवारलाई विजया दशमीको शुभकामना । सुरक्षित दसैं मनाऔं ।’

तस्बिरमा छोरा अनमोल र भुवनले मास्क लगाएका छन् ।

दसैंमा सधै स्टेज कार्यक्रममा व्यस्त रहने गायक प्रमोद खरेलले पनि ६ वर्षपछि बुबाको हातबाट टिका लगाउन पाएको खुशी फेसबुकमा सेयर गरेका छन् ।

पिताको हातबाट टिका थाप्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्,’६ वर्षपछि पिताजीको हातबाट टिका लाउन जुर्‍यो । माताजीको माताको वार्षिकी नसकिएकोले यो वर्ष पनि जुरेन । सबैलाइ दसैंको शुभकामना ।’

अभिनेत्री रेखा थापा लेख्छिन्, टीका २०७७, सबैको मंगल होस।

अभिनेता नाजिर हुसेनले पनि टिका लगाएको तस्बिर राख्दै सबैलाई दसैंको शुभकामना दिएका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले इन्स्टाग्राम स्टोरीमा दसैंको टिका थापेको तस्बिर राख्दै दसैंको शुभकामना दिएकी छन् । गायक दुर्गेश थापाले पनि परिवारसँगको तस्बिर सार्वजनिक गर्दै दसैंको शुभकामना दिएका छन् ।

लेख्छन्, ‘२०७७ सालको दशैं घर परिवार मिलेर मनाउँदै । विजया दशमीको अबसरमा देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई शुभकामना ।’

कलाकार सुनिल थापाले पनि परिवारसँगै आफ्नो दसैं मनाएका छन् । परिवारका सदस्यलाई टिका लगाइदिएको तस्बिर उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

निर्देशक प्रदीप भट्टराईले पनि आफ्नो दसैं सानो परिवारसँगै मनाएको भन्दै तस्बिर सार्वजनिक गरेका छन् ।

निर्माता सुनिलकुमार थापाले पनि दसैं मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्बिरमा उनी पत्नी झरना थापा र उनले छोरी सुहानालाई टिका लगाइदिएको देखिन्छ । उनले पनि सबैलाई दसैंको शुभकामना व्यक्त गरेका छन् ।

संगीतकार अर्जुन पोख्रेलले पनि परिवारसँग दसैं मनाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,’विजयादशमी टीकाको रमाइलो पल । हजुरहरुको पनि पक्कै रमाइलो भयो होला । शुभ दसैं ।’ कलाकार संयम पुरीले पनि आफ्नो परिवारसँगको दसैं तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,’विजयादशमीको शुभकामना ।’


प्रतिक्रिया दिनुहोस्