सिरी ए: दाजुभाइले एकअर्का विरुद्ध गरे गोल

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले बेनेभेन्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बेनेभेन्टोको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै नापोलीले जित निकालेको हो ।

खेलको ३० औं मिनेटमा रोबर्टो इनसाइनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६० औं मिनेटमा लोरेन्जो इनसाइनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

रोबर्टो इनसिग्नले गोल गरी घरेलु टोली बेनेवेन्तोलाई सुरुवाति अग्रता दिलाए । २६ वर्षका भाइले गरेको सो गोलका कारण पछि परेको आफ्नो टिमका लागि २९ वर्षका लोरेन्जो इनसिग्नले ६० औँ मिनेटमा गोल गरे ।

त्यसपछि खेलको ६७ औं मिनेटमा आन्द्रे पिटाग्नाले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै नापोलीले ५ खेलमा ११ अंक जोडेको छ । र, नापोली दोस्रो स्थानमा उक्लिएको छ ।

बेनेभेन्टो ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्