हिमालय क्षेत्रमा ठुलो भूकम्प जाने दाबी

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


काठमाडौं । वैज्ञानिकहरूको एक अध्ययनले हिमालय क्षेत्रमा ठुलो भूकम्प जाने दाबी गरेको छ। सिस्मोलजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित यस अध्ययनले चट्टानका सतहहरू र माटोको जाच र रेडियो कार्बन विश्लेषणपछि यस्तो भयावह भूकम्प आउन सक्ने भविष्यवाणी गरिएको हो।

उक्त भूकम्प करिब आठ रेक्टर स्केलको हुने दाबी गरिएको छ भने भूकम्पको प्रभाव पाकिस्तान देखि भारत सम्म पर्ने अनुमान गरिएको छ।

सिस्मोलजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित यस अध्ययन अनुसार चन्डिगड , देहरादुन र काठमाडौँ जस्ता ठुला सहरमा यसको सिधा प्रभाव पर्ने  छ।


प्रतिक्रिया दिनुहोस्