सिकालीका देवताको प्रसाद प्रधानमन्त्रीलाई

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  २ : १२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए ।
आइतबार बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए ।

स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन् ।


प्रतिक्रिया दिनुहोस्