एलजीले ल्यायो १ करोड भन्दा बढी मूल्य पर्ने टीभी, यस्तो छ मुख्य विशेषता

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १ : ०६


मानिसहरुमा अहिले महङ्गा बस्तुको खरिद गर्ने शौख बढ्दै गएको छ । आधारभूत आवश्यकता पूर्ति गर्ने भन्दा पनि मानिसहरुले शौखका लागि महङ्गा वस्तुको खरिद गर्छन् ।

सायद शौखिन व्यक्तिलाई नै लक्षित गरेर होला, कोरियन कम्पनीले एलजीले नेपाली रुपैयाँ १ करोडभन्दा पनि बढी मूल्यको टेलिभिजन (टीभी) निर्माण गरेको छ । टीभीको बजारमा बिक्री भइसकेको छैन ।

तर, कम्पनीले चाँडै नै यो टिभीलाई बजारमा बिक्री शुरु गर्ने जनाएको छ ।

एलजीले टीभीको नाम सिग्नेचर ओलेड आर राखेको छ । ‘आर’को अर्थ रिभोल्युसनरी (क्रान्तिकारी) हो ।

यो टीभी महङ्गो हुनुमा यसको फिचर (विशेषताले) असर पारेको छ । टिभी अन नगर्दा यो एउटा आयताकार बक्स जस्तो देखिने छ । तर, जब स्वीच अन ग¥यो, यसको पर्दा (स्क्रिन) रोलिङ्ग हुँदै बाहिर आउँछ ।

यसको स्क्रिन साइज ६५ इन्जको छ । टीभीलाई प्रयोग गरिसकेपछि (बन्द गर्दा) यसको स्क्रिन पुनः बक्सभित्रै गएर लुक्छ (रोलिङ हुन्छ) । यो टीभीलाई गत वर्ष अमेरिकामा आयोजित ईलेक्ट्रोन्किस शोमा प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्