पुरुषलाई दिक्क पार्ने महिलाका ७ बानी

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ४४


जीवन सहजरुपमा यापन गर्नका लागि एक अर्काको बानी बार‍े जानकारी हुन आवश्यक हुन्छ । महिला र पुरुषले एक अर्काको बानी बुझेको खण्डमा जीवन यापन गर्न सहज हुन्छ । त्यसैले आज हामी यहाँ पुरुषालाई दिक्क लगाउने महिलाका केही बानी बारे चर्चा गर्दै छौं ।

१. अधिकाशं पुरुषलाई महिलाको मन नपर्ने आम बानी भनेको तयार हुन बढि समय लगाउनु हो । घन्टौ पहिरनमा अल्झिएको पुरुषलाई मन पर्दैन ।

२. महिलाहरु आफ्नो सौन्दर्य प्रति बढि चिन्तित हुने स्वभाव पुरुषलाई मन पर्दैन । अझ मेकअप लाएपछि आफूलाई राम्री ठानेर आफ्नो पुरुष पार्टनरसंग दाजिएको धेरै पुरुषलाई मन पर्दैन ।

३. आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्ने महिलाको बानी पुरुषलाई मन पर्दैन । अझ कुनै पार्टी वा अन्य भेटघाटमा जानै पर्ने हुदाँ घरीघरी मेकअप दल्ने, ऐना हेर्ने बानी पुरुषलाई मन पर्दैन ।

४. हुनत प्राय महिला मन्द मुस्कानमा हास्ने गर्दछन् । तर कतिपय महिला भने खित्का छाडेर ठुलो आवाजमा हास्ने गर्दछन् । यस्तो बानी पुरुषलाई मन पर्दैन । अझ सोधेको प्रश्नको जवाफ नदिई हास्ने महिला पुरुषलाई फिटिक्कै मन पर्दैन ।

५. धेरैजसो महिलाहरु बिषय प्रसंगभन्दा बाहिरका कुरा निकालेर गफ गर्न थाल्दछन् । यो कुरा पुरुषलाई मन पर्दैन ।

६. प्रायः पुरुषहरु बिना झोला फ्रि भएर हिड्न चाहान्छन् । यस्तोमा महिलाको झोला बोक्ने बानी पुरुषलाई मन पर्दैन ।

७. महिलाहरु सरसफाइमा ध्यान दिन्छन् यो राम्रो कुरा हो । तर सरसफाइका कामका बहानामा ओच्छ्यान बिग्रन्छ त्यसमा नबस्नु, भुइमा कागज किन राखेको लगायतका ससाना कुरामा कराएको उनीहरुलाई मन पर्दैन ।


प्रतिक्रिया दिनुहोस्