सामसुङ कम्पनीका अध्यक्ष ली कुन–हेको निधन

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


काठमाडौं । विश्वप्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन–हेको मृत्यु भएको छ ।

दक्षिण कोरियाली व्यवसायी लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म सामसुङ ग्रुपको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

एएफपीका अनुसार आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा ७८ वर्षीय लीको मृत्यु भएको हो ।

सन् २०१४ मै हृदयघातको समस्या भोगेका लीको आइतबार मृत्यु भएको सामसुङले पुष्टि गरेपनि कारण खुलाएको छैन ।

स्मार्टफोन, कम्प्युटर र टेलिभिजन उत्पादनमा सामसुङले विश्वमै प्रभुत्व जमाएको छ। सामसुङ अमेरिकी कम्पनी एप्पललाई टक्कर दिइरहेको कम्पनी हो ।

पछिल्लो समय चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि सामुङको बजार फेरि विस्तार भएको छ ।


प्रतिक्रिया दिनुहोस्