नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ४ : ०७


काठमाडौैं । नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ ।

शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन् ।

शर्माले फेसबुकमा लेखेका छन्ः ‘कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउद छु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्