एउटै खेलमा अजाक्सको इतिहासमै धेरै गोल

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


काठमाडौं । डच लिग अन्तर्गत शनिबार राति भएको खेलमा अजाक्सले इतिहासकै फराकिलो अन्तरले जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि भेन्लोलाई १३(० ले पराजित गरेको हो ।

पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफ ९५१ औँ मिनेट० मा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो ।

अजाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो । उसका लागि ट्राओरीले पाँच गोल गरे ।

यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक(एक गोल गरे ।


प्रतिक्रिया दिनुहोस्