पेरुको मरुभूमिमा कसरी जोगियो दुइ हजार बर्ष पुरानो रेखा चित्र ?

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ५ : २९


विश्राम गर्न बसेको बिरालोको एउटा आकृति पेरुको नगज्का मरुभूमिमा फेला परेको छ। यो आकृति करिब २,००० बर्ष पुरानो मानिएको छ ।

यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको नगज्का लाईन्समा भुइँमा झन्डै दुई शताब्दीअघि बनाइएका अनेकौँ रेखा र आकृतिहरू छन्।

 

अहिले फेला परेको बिरालोको आकृतिमा पहिला कसैको दृष्टि परेको थिएन। दृश्यावलोकन गर्ने ठाउँसम्म जान एउटा नयाँ बाटो बनाउन योजना निर्माण गर्ने क्रममा उक्त आकृति फेला परेको हो।

प्रस्तावित दृश्यावलोकन स्थलबाट पर्यटकहरूले भुइँमा बनाइएका त्यस्ता अनेकौँ आकृतिहरू देख्न सक्छन्।

नाज्का संस्कृतिमा अधिकांश आकृतिहरू सन् २०० देखि ७०० सम्म बनाइएको विश्वास गरिन्छ।

अहिले फेला परेको बिरालोको आकृति इसापूर्व ५०० देखि सन् २०० को बीचमा पाराकास कालमा बनाइएको इस्लाको निष्कर्ष छ।

उनका अनुसार कलाको शैली तुलना गरेर त्यो पत्ता लगाइएको हो।

पाराकास कालमा कपडामा चरा, बिरालो, मानिस बनाइने गरेको र यी आकृतिहरूजस्तै हुने गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्