रअ प्रमुखको प्रस्ताब ‘कालापानी नेपालको मान्छौ तर ….’

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ४ : १९


काठमाडौँ । विशेष बिमा नबाट नेपाल आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल  गइसकेका छन् तर उनको आगमनको तरङ्ग अझै सेलाइ सकेको छैन

उनको आगमन र एजेन्डाका बारेमा विभिन्न अडकलहरू सार्वजनिक भैरहेका छन् । यसैबिच वामपन्थी बुद्धिजीवी भरत दहलाले अमेरिकी योजनामा नेपाल र भारत सम्बन्ध सुधार गर्दै कालापानीलाई अन्तर्राष्ट्रिय सैन्य तालिम केन्द्रमा बदल्ने योजना लिएर उनी आएको बताएका छन् ।

दहाल भन्छन् ‘ उसले सबैसंग २ वटा प्रस्तावहरु राखेको छ। पहिलो प्रस्ताव हो- कालापानीलाई नेपालको भूमी मानेर त्यहाँ विधिन्न देशका सेनालाई तालिम दिनका लागि तालिम केन्द्रको स्थापना गर्ने र अन्तर्राष्ट्रिय रुपमा तिब्र बन्दै गएको ध्रुविकरणमा नेपाल चीन विरोधि शक्तिहरुको पक्षमा उभिनु पर्ने। RAW प्रमूखको दोश्रो प्रस्ताव हो- कालापानीलाई नेपालको मानेपछि लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूभाग ईण्डियाको हो भनेर स्विकार गरी सम्झौता गर्नु पर्ने।’

भारत प्रती अत्यन्तै आक्रमक धारणा राख्ने दहाल नेपाल सरकार प्रती पनि उत्तिकै आक्रमक तरिकाले पेश भएका छ्न । उनी भन्छ्न ‘MCC का नाममा सिधै नेपालमा पस्न नसकेपछि कालापानीलाई अन्तराष्ट्रिय सैन्य तालिम केन्द्र बनाउने नाममा तिब्बत र सिञ्जियानका नजिकै अमेरीका, ईण्डिया लगायतका साम्राज्यवादी देशका सेनाहरु बसाएर चीनका विरुद्धमा युद्ध संगठित गर्ने योजनामा ओली गिरोहले यसभन्दा अगाडी नै २ चरणको वार्ता गरिसकेको छ।’

‘ओलीको सकारात्मक संकेत पाएपछि अन्य दलाल अपराधिहरुलाई जानकारी गराउन RAW प्रमूख आएको हो। कसैको सकृय समर्थन र कसैको मौन सहमति पाएपछि उ काठमाडौंबाट फर्किंदा कालापानी-लिपुलेक निरिक्षण गरेर फर्केको छ। नेपाललाई निर्णायक रुपमा युद्धमा फसाईंदैछ।’

दहालले शुक्रबार सामाजिक सन्जालमा राखेको धारणा यस्तो छ।

सिआईएको डिजाईनमा RAW को प्रमूखको भेटघाट
कालापानी र लिपुलेक-लिम्पियाधुरा मूख्य एजेन्डा
कालापानीलाई सैन्य तालिम केन्द्र बनाउने प्रस्ताव
तालिमका नाममा बहुराष्ट्रिय सेना उतार्ने योजना

नेपाल विरुद्ध लामो समयदेखि पालिएका दल नाममा कुख्यात अपराधि गिरोहहरुले खतरनाक खेल अगाडि बढाएका छन्। CIA को निर्देशन र ओलीको निमन्त्रणामा आएको RAW प्रमूखको मूख्य एजेन्डा कालापानी रहेको तथ्य जानकारीमा आएको छ। ‘दोक्लाम’ घटनापछि मोदीको सत्ता र चीनका बीचको सम्बन्ध सामान्य बन्दै गैरहेको बेला मोदीलाई तर्साउन यहाँका एजेन्टहरुलाई एकजुट बनाएर नक्शा पारित गर्न लगाएको अमेरीकाले पछिल्लो समयमा ईण्डियन सत्ता चीनका विरुद्धमा आक्रमक हुँदै गएपछि यहाँका दलालहरु र दिल्लीको सत्ताका बीचको सम्बन्ध सुधार गर्नु पर्ने बहानामा खतरनाक डिजाईन बनाएर RAW लाई अघि बढाएको छ।

यही डिजाईन अनुसार RAW को प्रमूखले केपी ओली, शेरबहादुर देउवा, माधव नेपाल, पुष्पकमल दाहाल र १ जना मधेशवादी ग्याङको व्यक्तिलाई भेट्ने सूची लिएर आएको थियो। उसले सबैसंग २ वटा प्रस्तावहरु राखेको छ। पहिलो प्रस्ताव हो- कालापानीलाई नेपालको भूमी मानेर त्यहाँ विधिन्न देशका सेनालाई तालिम दिनका लागि तालिम केन्द्रको स्थापना गर्ने र अन्तर्राष्ट्रिय रुपमा तिब्र बन्दै गएको ध्रुविकरणमा नेपाल चीन विरोधि शक्तिहरुको पक्षमा उभिनु पर्ने। RAW प्रमूखको दोश्रो प्रस्ताव हो- कालापानीलाई नेपालको मानेपछि लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूभाग ईण्डियाको हो भनेर स्विकार गरी सम्झौता गर्नु पर्ने।

MCC का नाममा सिधै नेपालमा पस्न नसकेपछि कालापानीलाई अन्तराष्ट्रिय सैन्य तालिम केन्द्र बनाउने नाममा तिब्बत र सिञ्जियानका नजिकै अमेरीका, ईण्डिया लगायतका साम्राज्यवादी देशका सेनाहरु बसाएर चीनका विरुद्धमा युद्ध संगठित गर्ने योजनामा ओली गिरोहले यसभन्दा अगाडी नै २ चरणको वार्ता गरिसकेको छ। ओली गिरोहको सकारात्मक संकेत पाएपछि अन्य दलाल अपराधिहरुलाई जानकारी गराउन RAW प्रमूख आएको हो। कसैको सकृय समर्थन र कसैको मौन सहमति पाएपछि उ काठमाडौंबाट फर्किंदा कालापानी-लिपुलेक निरिक्षण गरेर फर्केको छ। नेपाललाई निर्णायक रुपमा युद्धमा फसाईंदैछ। यसको सामना गर्न उठ्नुको विकल्प छैन।


प्रतिक्रिया दिनुहोस्