६ तले चर्चको भवन भँत्किदा २२ जनाको मृत्यु

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


काठमाडौं । घानमा ६ तले चर्चको भवन भँत्किदा २२ को मृत्यु भएको छ ।

घानाको पूर्वी क्षेत्रमा पर्ने शुक्रबार चर्चको भवन भँत्किदा अरु दर्जनौं घाइते बताइएको छ ।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ ।

शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो ।

चर्चमा ६० भन्दा बढी संख्यामा मानिसहरु रहेका कारण थप अन्यको उद्धार कार्य भइरहेको स्थानीय समाचार एजेन्सीहरुले बताएका छन् ।

घटनामा अन्य धेरैको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि १८ जनाको मात्रै शव फेला पारिएकोमा पछिल्ला पटक थप ४ शव भेटिएपछि मृतकको संख्या २२ पुगेको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्