कोरोना संक्रमणबाट ५ महिने शिशुसहित थप ४ जनाको मृत्यु

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ५ महिनाकी बालिका (शिशु)सहित थप ४ जनाको मृत्यु भएको छ ।

मोरङ, रुपन्देही, दाङ र बाँकेका गरी ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ५ महिने शिशुको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार साँझ मृत्यु भएको हो ।

बीपी प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार ५ महिने शिशुमा ब्रेनसँग सम्बन्धित हाइपोक्सिक इसेमिक इन्सेसाइप्याथीको समस्या थियो ।

यस्तै, रुपन्देहीको बुटलमा पनि कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जिल्लाका तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय बृद्धको शनिबार बिहान बुटवल धागो कारखानास्थित कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार ती शनिबार मृत्यु भएका बृद्धमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, बाँके र दाङमा पनि थप १–१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार असोज २६ गते कोरोना पुष्टि भएका ती पुरुषलाई असोज २७ गते भेरी अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको शुक्रबार राति १० बजे मृत्यु भएको हो ।

दाङमा होमआइसोलनमै रहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भएका ५३ वर्षीय पुरुषको होम आइसोलेसनमै रहेका बेला शुक्रबार मृत्यु भएको हो ।

ती पुरुष मालपोत कार्यालय घोराहीमा कार्यरत कर्मचारी रहेका जनाइएको छ । उनमा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्