बाफ लिने बेला पोखिएको तातो पानीले पोलेर नेकपा नेतृ चौधरी घाइते

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक एवम् सांसद शान्ता चौधरी कोरोना संक्रमणबाट मुक्त भएकी छन् । तर, बाफ लिने क्रममा पोखिएको तातो पानीले खुट्टा पोल्दा घाइते भएकी छन् ।

कोरोना भाइरसको संक्रमणबाट पारेको प्रभाव निको पार्न बाफ लिने क्रममा खुट्टा जलेको नेतृ चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

‘बाफ लिने बेला पोखिएको तातो पानीले खुट्टा पोलेर हल न चल बनाएको छ,’ नेतृ चौधरीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘कोरोनाका कारण म त्यसै पनि तपाईंहरु भन्दा टाढा हुन बाध्य भएँ, फेरि खुट्टा थला पर्यो ।’

अदृष्य कोरोनाले सादृश्य पीडा दिएर गयो । झंडै लगेको थियो । हुन त मेरो जीबन गयो गयो भन्ने स्थितिबाट धेरै पटक गुज्रेको छ !…

Posted by Shanta Chaudhary on Friday, October 23, 2020


प्रतिक्रिया दिनुहोस्