कोरोना भाइरसविरुद्धको खोप दिएका व्यक्तिको ब्राजिलमा मृत्यु

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप दिइएको एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ ।

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका व्यक्तिको मृत्यु भएको हो ।

ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ ।

ती स्वयंसेवी व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको एन्भिसाले जनाएको छ । तर एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराएको छैन ।

विश्वविद्यालयले क्लिनिकल परीक्षणका बारेमा कुनै सुरक्षात्मक समस्या नरहेको पनि बताएको छ । खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १ लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्