नेपालमै पाउँछन् अविवाहित र एकल पुरुषले सरकारबाट मासिक भत्ता !

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


ताप्लेजुङ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित र एकल पुरुषलाई मासिक रुपमा भत्ता दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक १ हजार रुपैयाँको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताइन् ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्