आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ५ : ०६


काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसका चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ४९९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५३ हजार आठ पुगेको छ । हाल ४६ ह्जार ६९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ६८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म एक लाख पाँच हजार ४८८ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

शुक्रबार सबैभन्दा बढी काठमाडौँमा २ हजार ३५७ जनामा कोरोना पुष्टि भएको छ। यो कूल संक्रमितको आधाभन्दा बढी संख्या हो।

मन्त्रालयका अनुसार बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरका २३६ मोरङका २२३ , काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, भक्तपुरका १२७ जना छन्।

त्यस्तै दाङका ९२, बाँकेका ७९, झापाका ७४, मकवानपुरका ७१, कैलालीका ५३, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८र२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६र१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४र१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्