वुद्दि तामाङ र जेबिका गुरुङ अभिनित ‘मसला’ सार्वजनिक

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : ४७


काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत ‘मसला’ सार्वजनिक भएको छ ।

सुनिल र एलिना चौहानको स्वर रहेको यो गीतमा सुनिलकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ, कलाकार बुद्दि तामाङ, कलाकार जेबिका गुरुङ, विशाल रेग्मीलाई फिचरिङ गरिएको छ ।

सुनिल आफैले निर्देशन गरेको यो भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।


प्रतिक्रिया दिनुहोस्