आफ्नो विवाहको लागि परिवारसहित दिल्ली पुगिन् भारतीय गायिका नेहा कक्कर

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ३८


काठमाडौं । भारतीय गायिका नेहा कक्करको विवाहको तयारी पूरा भएको छ। विवाहको लागि उनको परिवार मुम्बईबाट दिल्ली पुगेको छ ।

नेहाले प्रेमी रोहन प्रीतसँग भोलि, २४ अक्टोबरमा विवाह गर्दैछिन्। बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहा दिल्ली पुगेकी हुन् ।

यात्राको क्रममा उनीहरूले निकै रमाइलो गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्