बेल्जियमकी पहिलो महिला प्रधानमन्त्रीको स्वास्थ्य गम्भीर

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : २८


काठमाडौं । बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसलाई कोरोना संक्रमण भएपछि गम्भीर अबस्थामा उपचार भइरहेको छ ।

पूर्व प्रधानमन्त्री भएपनि अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रुपमा कार्यरत छिन् ।

उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिए ।

विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारे ।

अहिले ४५ वर्ष भएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनी आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित भएका थिए ।

बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक बृद्धि हुदै गएको छ ।

कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म दश हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्