बालकुमारीमा बोलेरोको ठक्करबाट बाटो पार गरिरहेका एक जनाको मृत्यु

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १२ : २३


काठमाडौं । ललितपुरको बालकुमारीमा बोलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएका छन्।

कुखराका चल्ला तथा दाना ढुवानी गर्ने बा १२ च ४२२८ नम्बरको बोलेरोले बिहीबार बिहान ५ बजेतिर ठक्कर दिँदा ललितपुरकै इमाडोल निवासी ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बालकुमारी पुलनजिकैबाट सडक पार गरिरहेका उनीहरुलाई ठक्कर दिएपछि गाडी भागेको थियो।

ठक्कर दिएर भागेको उक्त बोलेरोलाई सानेपाबाट नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। गाडीका चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्