सलमानले अभिनव शुक्लालाई अपमान गरेको रुबीना दिलैकको आरोप

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ९ : ४०


काठमाडौं । भारतीय टेलिभिजनमा शो ‘बिग बोसको–१४’ अभिनेत्री रुबीना दिलैक र उनका श्रीमान अभिनव शुक्ला सहभागी छन् ।

सलमान खान होस्ट रहेको उक्त कार्यक्रममा रुबीनाका श्रीमानको व्यक्तिगत कुरा पनि सार्वजनिक भन्दै कुरामा आपत्ति जनाएकी छन् ।

रबीनाले सलमानमाथि अपमान गरेको आरोप लगाइन् । जसको कारण उनले शो छोड्ने बताएकी छन् ।

उक्त एपिसोडलाई लिएर उनी निकै तनावमा थिइन् । बिग बोसले उनलाई मिटिङ हलमा लगेर सम्झाउने कोसिस गरेको थियो ।

सलमानले थुप्रै टास्कमा अभिनवमाथि अपमान गरेको आरोप रुबीनाले लगाएकी छन् ।

उनले भनिन्, ‘यो शोमा आउन हामीलाई खासै मतलब थिएन। जब शोको टीमले मलाई भनेपछि मैले श्रीमानलाई कन्भिन्स गरेर ल्याए । मैले भनेपछि श्रीमान शोमा आउन तयार हुनुभयो । हामी दुवैजनाको काम अलग९अलग छ । म यस्तो अपमान गर्ने ठाउँमा बस्न सक्दिन् ।’

बिग बोसमा सलमानले मजाक गर्दै अभिनवमाथि व्यक्तिगत कुराहरू गरेका थिए। जुन कुरालाई लिएर रबीनाले आफ्नो अपमान गरेको आरोप लगाइन् ।

उनी र उनका श्रीमानले अर्को शोमा यो विषयमा सलमानसँग कुरा गर्ने जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्