च्याम्पियन्स लिग फुटबलः म्यानचेस्टर सिटीले एफसी पोर्टोलाई हरायो

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ९ : ०८


काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा घरेलु टोली म्यानचेस्टर सिटीले एफसी पोर्टोलाई ३–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा एक गोल खाएर एक गोल गरेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा दुई गोल गरेको हो ।


प्रतिक्रिया दिनुहोस्