रियल मड्रिड लिगको पहिलो खेलमै पराजित

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ८ : ३२


काठमाडौं । च्याम्पियन्स लिगको कीर्तिमानी विजेता रियल मड्रिडले यो सिजनको खेलको सुरुवातमै हार व्यहोरेको छ ।

समूह बी मा रहेको स्पेनिस क्लब रियल मड्रिड बुधबार राति भएको आफ्नो पहिलो खेलमा घरेलु मैदानमै शाख्तर डोनेस्कसँग ३–२ ले पराजित हुन पुग्यो ।

पहिलो हाफमा तीन गोल खाएको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गरेर खेलमा फर्किने प्रयास गरे पनि हार टार्न सकेन ।


प्रतिक्रिया दिनुहोस्